सात प्रदेशकै नक्सा भएको २ रुपैयाँको नयाँ सिक्का आजदेखि बजारमा

बौद्धिमाई खबर न्यूज डेस्क, पुस ३० गते रौतहट ।

नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।

साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता ९दृष्टिविहीन०हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

16 Push 077 final

राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ ।